लेखा समितिको निर्देशनविरुद्ध कांग्रेस सचेतकलाई गुहार्‍यो इप्पानले « Khabarhub

लेखा समितिको निर्देशनविरुद्ध कांग्रेस सचेतकलाई गुहार्‍यो इप्पानले


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिको निर्देशनविरुद्ध नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । 

लेखा समितिले नेपाल धितो पत्र बोर्डलाई कम्पनीको नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) जारी नगर्ने निर्देशन दिएको थियो ।

 सोही निर्णय गलत भएको र १८ महिनादेखि आईपीओ रोकिएको भन्दै कांग्रैस संसदीय दलको ध्यानाकर्षण गराएको हो । 

इप्पानले सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै आईपीओ तथा हकप्रद शेयरको सार्वजनिक निष्कासन रोकिएको विषयमा लेखा समितिका सदस्यसमेत रहेका घिमिरेको ध्यानाकर्षण गराएको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले लेखा समितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सेबोनलाई निर्देशन दिँदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद शेयर गरी ५० अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको बताए ।

इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईँले सेबोनले डेढ वर्षदेखि सार्वजनिक निष्कासन रोक्दा जलविद्युत आयोजनाको काम मात्रै प्रभावित नभएर जलविद्युत आयोजनालाई सिमेन्ट डण्डी लगायतका सामान बेच्ने उद्योगहरूको व्यवसायमा पनि ह्रास आई यसले समग्र अर्थतन्त्रलाई नै सङ्कुचित बनाएको दाबी गरेका थिए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले लेखा समितिले निर्देशनमा भनेको ’रियल नेटवर्थ’ भन्ने शब्दावली संसारभरको लेखा प्रणालीमा कतै पनि प्रयोगमा नरहेको दाबी गरेका थिए । 

प्रमुख सचेतकसँगको भेटमा इप्पानले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण रोक्ने सर्वोच्चको आदेश र विद्युत् विधेयकको बारेमा पनि कुरा उठाएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : ५९ बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक