बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 सुनसरी– सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-५ बस्ने ५० वर्षीया चिनिमाया बुढाथोकी छिन्।

प्रहरीका अनुसार सोमबार दिउँसो दुहबी नगरपालिका-८ हुलास फ्याक्ट्रीअगाडि सडकमा विराटनगरबाट इटहरी जाँदै गरेको को१ख ७०२३ नम्बरको बसले प्र.१-०२-०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुढाथोकीको मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार बुढाथोकी गम्भीर घाइते भएकोमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : १७ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र