बंगलादेशको अन्तरिम सरकारलाई ह्युमन राइट्स वाचले भन्यो- निष्पक्ष भएर कानुन कार्यान्वयन गर्नू « Khabarhub

बंगलादेशको अन्तरिम सरकारलाई ह्युमन राइट्स वाचले भन्यो- निष्पक्ष भएर कानुन कार्यान्वयन गर्नू


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बंगलादेशको अन्तरिम सरकारलाई कानुन कार्यान्वयनमा निष्पक्षता अपनाउन आग्रह गरेको छ । 

ह्युमन राइट्स वाचले एक विज्ञप्ति जारी गर्दै बंगलादेशको अन्तरिम सरकारलाई यस्तो आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा बंगलादेशमा राजनीतिक स्वार्थप्रेरित हिंसाका घटना बढिरहेको उल्लेख रहेको भन्दै यसको समाधान गर्न पनि उक्त संस्थाले आग्रह गरेको छ । त्यसबाहेक बंगलादेशमा गैरन्यायिक हत्या, यातना र सामूहिक धरपकडजस्ता घटना पनि भइरहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत वर्षको अगस्ट महिनामा भएको आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पद त्यागेपछि बंगलादेशमा अन्तरिम सरकारले शासन चलाइरहेको छ । 

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले सत्ता सम्हालेसँगै बंगलादेशमा अल्पसङ्ख्यक र हसिनाको पार्टीका कार्यकर्तामाथि हिंसात्मक आक्रमणका घटना बढिरहेको बताइएको छ ।

हालै त्यहाँको सेनाले अपरेसन डेभिल हन्ट नामक सैन्य कारबाही चलाएको छ । उक्त सैन्य अभियानका क्रममा हसिनाको अवामी लिग पार्टीप्रति आस्था राख्ने २ हजार जनाभन्दा धेरैलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : १६ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र