साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो | Khabarhub Khabarhub

भारतमा नेपाली विद्यार्थीमाथि अत्याचार

साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा हेस्टेलमा मृत भेटिएपछि तनाव भएको छ।

बुटवलकी प्रकृति लम्साल आइतबार अपरान्ह ४ बजे होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएपछि तनाव भएको हो । प्रकृति बीटेक सीएससी तेस्रो वर्षकी विद्यार्थी हुन् । कलेजमा १५ सयभन्दा बढी नेपाली विद्यार्थाी अध्ययनरत छन् ।

प्रकृतिको मृत्युपछि छानबिन माग गर्दै आन्दोलित करिब ७ सय नेपाली विद्यार्थीलाई कलेजले जबरजस्ती होस्टेलबाट निकालेको छ। विश्वविद्यालयले प्रहरी लगाएर नेपाली विद्यार्थीमाथि लाठीचार्जसमेत गराएको छ ।

प्रकृतिको मृत्यु रहस्यमय थियो । उनको शंकास्पद मृत्युपछि कलेज प्रशासन झनै रहस्यमय व्यवहार देखाएको थियो ।

प्रकृति मृत भेटिएका दिन कलेजमा कार्यक्रम थियो । विद्यार्थीहरु त्यही कार्यक्रममा जम्मा भएका थिए ।

अपरान्ह ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर सुनेपछि सबैजना उक्त होस्टल भवनतिर गए । सुरुमा विश्वविद्यालय प्रशासनले प्रकृतिले आत्महत्या गरेको जवाफ दियो । तर शवबारे लुकाइयो । नेपाली विद्यार्थीलाई प्रकृतिको शव नदेखाई गायब पारिएको थियो ।

यस प्रकरणमा नेपाली विद्यार्थीले प्रशासनसँग सोधेका थिए । तर त्यहीबेला एकजना युवकले प्रकृतिलाई सताइरहेको कुरा खुलेको थियो । ह्वाट्सएप ग्रुपमार्फत् फैलिएको उक्त सन्देशले हंगामा ग ।

यस्तोमा प्रकृतिको शव र घटनास्थलसमेत लुकाएर विश्वविद्यालयकै अस्पतालमा उनलाई मृत घोषित गरियो । प्रशासनले घटना ढाकछोप गरेपछि नेपाली विद्यार्थीले नजिकैको इन्फो सिटी प्रहरीमा उजुरी दिएर कलेजमा प्रदर्शन थाले ।

नेपाली विद्यार्थी आन्दोलित भएपछि कलेजका सह प्रशासकले धम्की दिएका थिए । ‘हामीलाई रेस्टिकेट गरिदिने, फेल गराइदिने र कलेजबाट निकाली घर पठाइदिने धम्की आयो । तर हामीले रातभर प्रदर्शन गरिरह्यौँ’, एक नेपाली विद्यार्थीले भने ।

नेपाली आन्दोलित भएपछि उनीहरू सबैलाई कलेजको होस्टेलबाट बलजफ्ती निकालिएको छ । अहिलेसम्म करिब ७ सय नेपालीलाई जबरजस्ती होस्टेलबाट निकालेर रेल स्टेसन र बसपार्कमा अलपत्र छाडिएको छ ।

भुवनेश्वर रेलवे स्टेसनमा छाडिएका नेपाली विद्यार्थीले सञ्चालकको निर्देशनमा हातपात गरिएको बताए । होस्टलमा अपशब्दसहित गाली गरेर निकालिएको उनले बताए । नेपाली विद्यार्थीलाई कुटपिटपछि मोबाइलसमेत खोसेर फोटो र भिडियो डिलिट गरिएको थियो । भुवनेश्वर रेलवेस्टेसनमा बेवारिसे नेपालीको अहिलेसम्म कसैले उद्धार गरेको छैन ।

कलेजमा अध्ययनरत सबै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार र कुटपिट भएको छ । कलेजबाट निकालेपछि नेपाल पठाउन भन्दै विभिन्न रेल स्टेशनमा छाडिएको छ ।

प्रकृतिको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीमाथिको दुर्व्यवहारबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि कुनै सहयोग नमिलेको गुनासो विद्यार्थीले गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।

उनले नेपाली बिधार्थीलाइ जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत् जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ०२ बजे

निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक

अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण

करेन्ट लागेर एक जनाको मृत्यु

बाँके- राप्ती सोनारी गाउँपालिका-२ मधुवा बस्ने ३० वर्षीय सुमन चौधरीको करेन्ट

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर– बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित सडकमा बा.६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ

काठमाडौं – अविषेक खड्का र आकृति राज भण्डारीलाई शीर्ष भूमिकामा