साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो « Khabarhub

भारतमा नेपाली विद्यार्थीमाथि अत्याचार

साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा हेस्टेलमा मृत भेटिएपछि तनाव भएको छ।

बुटवलकी प्रकृति लम्साल आइतबार अपरान्ह ४ बजे होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएपछि तनाव भएको हो । प्रकृति बीटेक सीएससी तेस्रो वर्षकी विद्यार्थी हुन् । कलेजमा १५ सयभन्दा बढी नेपाली विद्यार्थाी अध्ययनरत छन् ।

प्रकृतिको मृत्युपछि छानबिन माग गर्दै आन्दोलित करिब ७ सय नेपाली विद्यार्थीलाई कलेजले जबरजस्ती होस्टेलबाट निकालेको छ। विश्वविद्यालयले प्रहरी लगाएर नेपाली विद्यार्थीमाथि लाठीचार्जसमेत गराएको छ ।

प्रकृतिको मृत्यु रहस्यमय थियो । उनको शंकास्पद मृत्युपछि कलेज प्रशासन झनै रहस्यमय व्यवहार देखाएको थियो ।

प्रकृति मृत भेटिएका दिन कलेजमा कार्यक्रम थियो । विद्यार्थीहरु त्यही कार्यक्रममा जम्मा भएका थिए ।

अपरान्ह ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर सुनेपछि सबैजना उक्त होस्टल भवनतिर गए । सुरुमा विश्वविद्यालय प्रशासनले प्रकृतिले आत्महत्या गरेको जवाफ दियो । तर शवबारे लुकाइयो । नेपाली विद्यार्थीलाई प्रकृतिको शव नदेखाई गायब पारिएको थियो ।

यस प्रकरणमा नेपाली विद्यार्थीले प्रशासनसँग सोधेका थिए । तर त्यहीबेला एकजना युवकले प्रकृतिलाई सताइरहेको कुरा खुलेको थियो । ह्वाट्सएप ग्रुपमार्फत् फैलिएको उक्त सन्देशले हंगामा ग ।

यस्तोमा प्रकृतिको शव र घटनास्थलसमेत लुकाएर विश्वविद्यालयकै अस्पतालमा उनलाई मृत घोषित गरियो । प्रशासनले घटना ढाकछोप गरेपछि नेपाली विद्यार्थीले नजिकैको इन्फो सिटी प्रहरीमा उजुरी दिएर कलेजमा प्रदर्शन थाले ।

नेपाली विद्यार्थी आन्दोलित भएपछि कलेजका सह प्रशासकले धम्की दिएका थिए । ‘हामीलाई रेस्टिकेट गरिदिने, फेल गराइदिने र कलेजबाट निकाली घर पठाइदिने धम्की आयो । तर हामीले रातभर प्रदर्शन गरिरह्यौँ’, एक नेपाली विद्यार्थीले भने ।

नेपाली आन्दोलित भएपछि उनीहरू सबैलाई कलेजको होस्टेलबाट बलजफ्ती निकालिएको छ । अहिलेसम्म करिब ७ सय नेपालीलाई जबरजस्ती होस्टेलबाट निकालेर रेल स्टेसन र बसपार्कमा अलपत्र छाडिएको छ ।

भुवनेश्वर रेलवे स्टेसनमा छाडिएका नेपाली विद्यार्थीले सञ्चालकको निर्देशनमा हातपात गरिएको बताए । होस्टलमा अपशब्दसहित गाली गरेर निकालिएको उनले बताए । नेपाली विद्यार्थीलाई कुटपिटपछि मोबाइलसमेत खोसेर फोटो र भिडियो डिलिट गरिएको थियो । भुवनेश्वर रेलवेस्टेसनमा बेवारिसे नेपालीको अहिलेसम्म कसैले उद्धार गरेको छैन ।

कलेजमा अध्ययनरत सबै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार र कुटपिट भएको छ । कलेजबाट निकालेपछि नेपाल पठाउन भन्दै विभिन्न रेल स्टेशनमा छाडिएको छ ।

प्रकृतिको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीमाथिको दुर्व्यवहारबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि कुनै सहयोग नमिलेको गुनासो विद्यार्थीले गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।

उनले नेपाली बिधार्थीलाइ जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत् जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ०२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को