प्रधानमन्त्री ओलीको तिखो टिप्पणी- प्रचण्ड सबैभन्दा ठूला ‘लुटेरा’, नयाँ दलहरू चटके | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको तिखो टिप्पणी- प्रचण्ड सबैभन्दा ठूला ‘लुटेरा’, नयाँ दलहरू चटके


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि नयाँ दलका नेताहरूबारे पनि तिखो टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई देशकै सबैभन्दा ठूला लुटेराको संज्ञा दिएका ओलीले नयाँ दललाई समेत चटके भन्न भ्याएका छन्।

एमाले दाङले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको घोराहीमा सोमबार गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीबारे तिखो टिप्पणी गरेका हुन् ।

‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कु-प्रचार गर्दै हिडेका छन्’, उनले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन । म पनि प्रधानमन्त्री छु । मसँग त छैन ।’

देशको अर्थतन्त्र माओवादीले खोक्रो बनाएको दावी गर्दै ओलीले अब यसलाई एमालेले बलियो बनाउने दाबी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दाबी गरेका ओलीले थपे, ‘विदेशी इशारामा काम गर्नेहरू किनारा लाग्छन् । किनारा लगाइन्छ ।’

प्रचण्ड अहिले आत्तिएर बोल्ने-नबोल्ने सबै कुरा बोल्न लागेको पनि ओलीले बताए । अहिलेको सरकार देशमा स्थिरता ल्याउन बनेकाले ढल्छ भन्दै बर्बराएर नहिँड्न उनले प्रचण्डलाई आग्रह गरे ।

अहिलेको सरकार, शान्ति, स्थायित्व, विकास, गरिबी निवारण लगायत उद्देश्यले बनेकोले त्यही कुरालाई मूल उद्देश्य बनाएर काम गर्ने उनले स्पष्ट पारे ।

सामाजिक एकता, सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्रई अगाडि बढाउन आफूले सरकारको नेतृत्व गरेको उनले बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको ओलीले स्पष्ट पारेका छन् । एमाले कोही नेपाली पछि नपरून् भन्ने गन्तव्यसहित अघि बढेको उनले बताए ।

एमालेविरुद्ध विभिन्न हल्ला गरिएको भन्दै उनले त्यसको पछाडि लाग्नु नहुने उनले बताए । लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका पनि उनले बताए । उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै ओलीले आलोचना गरे।

माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मासेर प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको ओलीले बताए । ‘त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिने ?’, उनले भने ।

ओलीले प्रचण्डलाई बकवास चलाएर नहिँड्न आग्रह गरे । त्यसैगरी हिँड्ने हो भने प्रचण्डका धेरै षडयन्त्रको पर्दाफास गरिदिने उनले चेतावनी दिए । ‘यहाँका धेरै कुराका षडयन्त्रहरूको पर्दाफास गर्नु नपरोस्’, उनले भने ।

कसैले कमाएको देख्नु नहुने, कसैले राम्रो गरेको देख्नै नहुने, लुटिहाल्नु पर्ने, कुटिहाल्नु पर्ने, जे भेट्यो त्यही झ्वाम पार्नेहरू भ्रष्टाचारविरुद्धका अभियन्ता भएका भन्दै ओलीले कटाक्ष गरे । ‘नाटक गरेको कि साँच्चैको कुरा गरेको यो ?’, उनले प्रश्न गरे ।

ओलीले नयाँ भनिएका दलहरू पनि चटके भएका अर्को टिप्पणी गरे । उनीहरूलाई एमालेविरुद्ध अनर्गल प्रचारमा नलाग्न पनि ओलीले चेतावनी दिए । एमाले हरेक ठाउँमा एक्लै लड्दै आएको र लड्न सक्ने बताउँदै उनले अहिले देशमा अलि असहज स्थिति बनेकोले कांग्रेससँग मिलेर सरकारमा गएको ओलीले स्पष्ट पारे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ५६ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो