ओडिसा घटनाबारे भारतीय दूतावास : नेपाली विद्यार्थीको पक्षमा कदम चाल्न तयार छौं | Khabarhub Khabarhub

ओडिसा घटनाबारे भारतीय दूतावास : नेपाली विद्यार्थीको पक्षमा कदम चाल्न तयार छौं


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासले उडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण भएको बताएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले घटनाको सम्बन्धमा अनुसन्धान सुरु भइसकेको जानकारी गराएको हो । केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने पनि बताइएको छ ।

‘केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरेको छ। केआईआईटीले विद्यार्थीहरूलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको छ।भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन्। भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ’ विज्ञप्तीमा उल्लेख छ ।

याे पनि

ज्यादतीपूर्वक निकालिएका ७ सय नेपाली विद्यार्थीले भारतीय कलेजमै फर्किन पाउने

साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ५३ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात