बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री मोदीले सावधानी अपनाउन नागरिकलाई गरे अपिल « Khabarhub

बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री मोदीले सावधानी अपनाउन नागरिकलाई गरे अपिल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा सोमबार बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सावधानी अपनाउन नागरिकलाई अपिल गरेका छन्।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सोमबार बिहान ५ः३६ बजे दिल्ली र वरपरका क्षेत्रमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको केन्द्रबिन्दु दिल्लीमा जमिनभन्दा पाँच किलोमिटर तल थियो।प्रधानमन्त्री मोदीले सबैलाई सतर्क रहन अपिल गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘दिल्ली र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरियो। म सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गर्दछु। सतर्क रहनुहोस्। अधिकारीहरूले परिस्थितिमा नजर राखिरहेका छन्।’

भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए। यो खबर लेख्दासम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ३० बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप