बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री मोदीले सावधानी अपनाउन नागरिकलाई गरे अपिल « Khabarhub

बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री मोदीले सावधानी अपनाउन नागरिकलाई गरे अपिल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा सोमबार बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सावधानी अपनाउन नागरिकलाई अपिल गरेका छन्।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सोमबार बिहान ५ः३६ बजे दिल्ली र वरपरका क्षेत्रमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको केन्द्रबिन्दु दिल्लीमा जमिनभन्दा पाँच किलोमिटर तल थियो।प्रधानमन्त्री मोदीले सबैलाई सतर्क रहन अपिल गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘दिल्ली र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरियो। म सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गर्दछु। सतर्क रहनुहोस्। अधिकारीहरूले परिस्थितिमा नजर राखिरहेका छन्।’

भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए। यो खबर लेख्दासम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ३० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण