सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ९० पैसा र बिक्रीदर १३९ रुपियाँ ५० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ १३ पैसा र बिक्रीदर १५१ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ ६५ पैसा र बिक्रीदर १८० रुपियाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ ९० पैसा र बिक्रीदर १५७ रुपियाँ ५८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८३ पैसा र बिक्रीदर ८८ रुपियाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६६ पैसा र बिक्रीदर ९७ रुपियाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १३ पैसा र बिक्रीदर १०४ रुपियाँ ५८ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७० पैसा र बिक्रीदर १३ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ २५ पैसा र बिक्रीदर २० रुपियाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८७ पैसा र बिक्रीदर १७ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ८७ पैसा र बिक्रीदर ४५२ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७० रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपियाँ ३३ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ४४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका