आरोप पुष्टि नहुँदै २३८ भेनेजुएलीलाई ट्रम्प प्रशासनले पठायो कुख्यात बन्दी गृह साल्भाडोर जेल « Khabarhub

आरोप पुष्टि नहुँदै २३८ भेनेजुएलीलाई ट्रम्प प्रशासनले पठायो कुख्यात बन्दी गृह साल्भाडोर जेल


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले विभिन्न ग्याङ सदस्यको आरोप लागेका दुई सय भन्दा बढी भेनेजुएलीलाई एल साल्भाडोरको सुम्याक्स जेल पठाएको छ। त्यो काम नगर्न अदालतले आदेश गरे पनि उनीहरूलाई अमेरिकाले डिपोर्ट गरेको हो।

एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलोले आइतबार अन्तर्राष्ट्रिय एमएस-१३ ग्याङका १३ सदस्य सहित भेनेजुएली ग्याङ ट्रेन डे आराजुआका २३८ सदस्य आफ्नो देशमा पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एल साल्भाडोर र अमेरिकी प्रशासनले नै उनीहरूको परिचय खुलाएको छैन।

न्यायालयले उनीहरूलाई डिपोर्ट गर्नुको कारण प्रमाणित गर्नु आवश्यक रहेको बताए पनि अमेरिकी प्रशासन आफ्नो निर्णयमा अडिग नै रहेको हो।

ट्रम्पसँग निकट सम्बन्ध रहेका बुकेलोले कुख्यात बन्दी गृह टेरोरिजम कन्फिन्मेन्ट सेन्टरमा उनीहरूलाई राखिने बताए। उनीहरूलाई एक वर्ष त्यस जेलमा राखेपछि उनीहरूको बारे थप निर्णय हुने बताएका छन्।

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले बुकेलोलाई धन्यवाद दिँदै सो क्षेत्रको महान् नेताको संज्ञा दिएका छन्। यसले केही कानुनी अड्चन भने ल्याएको छ। न्यायालयले सुरुमा सो डिपोर्ट कार्य रोक्न आदेश दिएको थियो। त्यसलाई बेवास्ता गर्दै प्रशासनले लिखित आदेश बिना कार्यान्वयन नहुने तर्कसहित उडान राखेको थियो।

अदालतबाट लिखित आदेश आउँदा विमान उडिसकेकाले फिर्ता गर्न नमिल्ने तर्क गरिएको थियो। कानुन मन्त्रालयले नै यो निर्णयको विरुद्धमा पुनरावेदन गरेको छ।

भेनेजुएलाले ट्रम्पले ‘एलेन इनिमिज एक्ट’ लागु गरेको आलोचना गरेको छ। पुष्टि नभएकालाई अपराधीको व्यवहार गर्दै गरिएको यस डिपोर्ट मानवताको इतिहासको कालो अध्याय भएको आरोप लागेको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ५३ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ