गण्डकी प्रदेश सभाको चैत महिनाको कार्यतालिका सार्वजनिक « Khabarhub

गण्डकी प्रदेश सभाको चैत महिनाको कार्यतालिका सार्वजनिक


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सभाले चैत महिनाका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। कार्य व्यवस्था परामर्श समितिबाट पारित कार्यतालिका अनुसार चैत १ देखि २० गतेसम्मका बैठक तय भएका छन्।

प्रदेश सभाका प्रवक्ता प्रेम सुवेदीका अनुसार चैत महिनामा ८ वटा बैठक बस्नेछन्।

‘प्रदेश सभा क्यालेन्डर अनुसार अघि बढ्नुपर्छ भनेर बारम्बार उठेको प्रश्न थियो। लामो छलफल र प्रयासपछि चैत महिनाको क्यालेन्डर सार्वजनिक गरेका छौँ,’ उनले भने। यसअघि फागुन महिनाको तालिका समेत प्रदेश सभाले बनाएको थियो ।

चैत १० गते ‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक’ दफावार छलफल गरी निर्णयार्थ पेस हुनेछ। ११ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक’ र ‘मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ।

चैत १२ र १३ गते ‘गण्डकी प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार विधेयक’ माथि छलफल हुनेछ। चैत १४ गते ‘खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भवन निर्माण तथा बस्ती विकास विधेयक’ बारे छलफल हुने छ।

चैत १५ गते मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ। चैत १७ र १८ गते विभिन्न विधेयक समितिमा पठाइने कार्यतालिका छ।

संसदीय अभ्यासअनुसार पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, विपक्षी दलका नेतालाई समय उपलब्ध गराइनेछ। बैठक नबस्ने दिन कार्यसमितिको बैठक बस्ने व्यवस्था गरिएको छ।

संसद् बैठक पूर्वनिर्धारित कार्यतालिका अनुसार सञ्चालन हुँदा सांसदलाई समय व्यवस्थापन गर्न सहज हुने बताइए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ। संसद्‌मा हुने अवरोध, सांसदहरूको उपस्थिति, दलगत राजनीतिका कारण कार्यतालिका प्रभावकारी रूपमा लागू हुने नहुने विषयमा सांसदहरूमै आशंका रहेको छ।

सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले कार्यतालिका लागू भएको छोटो समय भएकाले यसको प्रभावकारिता मूल्याङ्कन गर्न समय लाग्ने बताए। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दमयन्ती रुचालले भने कार्यतालिकाले समय व्यवस्थापनमा सहजता ल्याएको बताइन्।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ४७ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन