पुरानै परिपाटीले राष्ट्रिय विकासका आवश्यकता पूरा हुँदैनन् : प्रतिमा गौतम « Khabarhub

पुरानै परिपाटीले राष्ट्रिय विकासका आवश्यकता पूरा हुँदैनन् : प्रतिमा गौतम


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका आवश्यकता, आमनागरिक तथा युवाको अपेक्षा पूरा गर्न नसकिने बताएकी छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले १६औँ आवधिक योजनाले तोकेको लक्ष्य हासिल हुने वातावरण सिर्जना गर्नका लागि परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताले अपेक्षा पूरा गर्न नसकिने बताएकी हुन् ।

‘मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने मानव पूँजी निर्माणमा संविधानले समेत मार्गदर्शन गरेको शिक्षा क्षेत्रका साधारण शिक्षा, परम्परागत शिक्षा तथा प्राविधिक शिक्षा तीन धारमध्ये विशेष गरी राज्यको ध्यान र प्राथमिकता प्राविधिक तथा व्यावसायिक शिक्षामा बढ्नु पर्नेमा झन कम परेको देखिन्छ,’ सांसद गौतमले भनिन् । 

हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाले स्वास्थ्य, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माणका लागि योजनाको प्रमुख कार्यक्रममा आगामी पाँच वर्षभित्र प्राविधिक शिक्षाको भर्नादर बढाउदै प्राविधिक र सामान्य शिक्षाका विद्यार्थीको अनुपात क्रमशः ७०-०  कायम गर्ने, राष्ट्रिय योग्यता प्रारूपअनुसार कार्यान्वयन गर्ने उल्लेख गरेको उनले बताइन् । 

सांसद गौतमले वि.स. २०८६ सम्म ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा भर्ना गराई प्रशिक्षण गराउने योजनामा लेखे पनि यस क्षेत्रमा काम गरिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र जसलाई व्यवस्थापन गर्ने कानुन ३५ वर्ष पहिलेको पुरानो भएको बताइन् । 

उनले प्रस्तावित विद्यालय शिक्षा विद्येयकसँगै प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक तथा राष्ट्रिय योग्यता प्रारुपसम्वन्धी विधेयक यथाशीघ्र संसद्‌मा पेस गर्न सरकारसँग माग गरिन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ०५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको