स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण « Khabarhub

स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण समिति गठनको लागि आह्वान गरेको हो।

प्राधिकरणले ०७० मा आधारभूत टेलिफोन सेवाको लागि दिएको सो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएकोले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठनका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चाटर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र सोही क्षेत्रमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको व्यक्तिले आवेदन गर्नसक्ने प्राधिकरणको सूचनामा उल्लेख छ । 

साथै प्राधिकरणले ७ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ३२ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित