बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल « Khabarhub

बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरू कर्जा प्रवाह बढाउन नसकेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन महिनामा वाणिज्य बैंकहरूको निक्षेप कर्जा अनुपात अर्थात् सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा पनि धेरै तल ७९.२९ प्रतिशतमा सीमित रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तोकेपनि कुनैपनि वाणिज्य बैंकको अवस्था सो विन्दुमा पुग्न सकेको देखिँदैन । तथ्यांकअनुसार फागुन महिनामा सञ्चालनमा रहेकामध्ये ८ वटा वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा तल रहेको छ भने अन्यको पनि ८६ प्रतिशत भन्दा नै तल रहेको छ ।

फागुन महिनाको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंक कर्जा प्रवाहमा सबैभन्दा कमजोर देखिएको छ । सो अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.८६ प्रतिशत कायम रहेको छ । त्यस्तै, कृषि विकास, ग्लोबल आइएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई, प्रभु र स्टान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा तल रहेको छ ।

फागुन महिनामा वाणिज्य बैंकहरूमा ६० खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो भने सो अवधिमा ४८ खर्ब ५० अर्ब ५९ करोड कर्जा प्रवाह गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ५१ बजे

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार