बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल « Khabarhub

बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरू कर्जा प्रवाह बढाउन नसकेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन महिनामा वाणिज्य बैंकहरूको निक्षेप कर्जा अनुपात अर्थात् सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा पनि धेरै तल ७९.२९ प्रतिशतमा सीमित रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तोकेपनि कुनैपनि वाणिज्य बैंकको अवस्था सो विन्दुमा पुग्न सकेको देखिँदैन । तथ्यांकअनुसार फागुन महिनामा सञ्चालनमा रहेकामध्ये ८ वटा वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा तल रहेको छ भने अन्यको पनि ८६ प्रतिशत भन्दा नै तल रहेको छ ।

फागुन महिनाको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंक कर्जा प्रवाहमा सबैभन्दा कमजोर देखिएको छ । सो अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.८६ प्रतिशत कायम रहेको छ । त्यस्तै, कृषि विकास, ग्लोबल आइएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई, प्रभु र स्टान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा तल रहेको छ ।

फागुन महिनामा वाणिज्य बैंकहरूमा ६० खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो भने सो अवधिमा ४८ खर्ब ५० अर्ब ५९ करोड कर्जा प्रवाह गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ५१ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा