सरकारका गतिविधि जनतामुखी हुनुपर्छ : सांसद अर्याल | Khabarhub Khabarhub

सरकारका गतिविधि जनतामुखी हुनुपर्छ : सांसद अर्याल


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने बताएकी छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी हुन नसक्दा पछिल्लो समयमा जनतामा निराशा छाएको भन्दै यसप्रति राज्य सचेत हुनुपर्ने बताइन्। विसं २०६२-६३ को आन्दोलनपछि सबैको अधिकार सम्बोधन गर्ने गरी समझदारीमा नै संविधान बनाए पनि प्रभावकारी कार्यन्वयनमा चुनौती रहेको उनको भनाइ थियो । 

‘सरकारमा जाने बेलामा वाचा गर्ने तर सत्तामा पुगेपछि हामी सबैले बिर्सने गरेका छौँ । जे उद्देश्यका साथ जनआन्दोलन गरेका थियौँ । ती उद्देश्य कार्यन्वयन हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको छ,’ सांसद अर्यालले भनिन्, ‘शान्ति प्रक्रियामा आएपछि ती वाचा पूरा गर्न संविधान बनायौँ । राज्यको मूलप्रवाहबाट कोही टाढा हुन नपरोस् भन्ने उद्देश्य थियो । सत्तामा जान लालायित हुने प्रवृत्ति बढ्दा जनता निराश छन् ।’

 उनले संविधान कार्यान्वयन भए या नभएको विषयमा अव मूल्याङ्कन गर्नुपर्ने र कहाँ चुकिरहेका छौँ भन्ने विषयमा ख्याल गर्नुपर्ने बेला आएको बताइन्। 

‘गणतन्त्र कार्यान्वयनबारे  सचेत हुन सकेनौँ । हामीले जनताको विश्वास गुमाइरहेका छौँ,’ सांसद अर्यालले भनिन्, ‘तर राजतन्त्र विकल्प होइन ।’

कुनै पनि उच्च पदस्थ अधिकारी नियुक्ति गर्दा पनि आफ्नो स्वार्थ अनुसारको काम हुने या नहुने गरेको उल्लेख गर्दै उनले अब क्षमता र कुशलताको आधारमा नियुक्ति हुनुपर्ने उनको धारणा थियो । 

सत्तामुखी बन्न छाडेर आम जनताले कसरी सुख पाउँछ भन्ने कुरामा ध्यान दिन उनले सरकारलाई सुझाव दिए। संविधानले दिएका हक अधिकारको अझै समीक्षा गर्नुपर्ने सांसद अर्यालको भनाइ थियो ।  

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ३ : २७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित