हामी सरकारमा जाने प्रचार सबै भ्रम हो : प्रचण्ड   « Khabarhub

हामी सरकारमा जाने प्रचार सबै भ्रम हो : प्रचण्ड  


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन ठूला दलहरू मिलेर राष्ट्रिय सरकार गठनको तयारी भइरहेको भन्दै चर्चा चलिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने नीति पार्टीले नलिएको प्रष्टिकरण दिएका छन् । 

राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको विमोचन समारोह सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले सरकारमा जाने कुनै नीति माओवादीले नलिएको प्रष्टिकरण दिएका हुन् । 

‘हिजो–अस्तीदेखि हामीलाई सरकार बनाउन लाग्यो भन्ने । ल अब कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भन्ने चर्चा सोसल मिडियामा, मान्छेले फोन गरेर सोध्ने भएर मलाई साथीहरूले भन्नुभएको छ,’ प्रचण्डले भने, ‘म आज यो मञ्चबाट भन्छु कि हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ । लिँदैनौँ पनि ।’

उनले देशमा संकट आउँदा समाधानका बारेमा माओवादी केन्द्रले विचार दिए पनि वर्तमान सरकारमा सहभागी हुने कुरो भ्रममात्र भएको जिकिर गरे ।

‘देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्नेमा हामी हाम्रो विचार त दिन्छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, यही सरकारमा गएर हामी पनि कोप्ट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सञ्चार माध्यमहरूमा आएको जस्तो आफूले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कसैसँग पनि कुराकानी नगरेको स्पष्ट पारे । ‘कुरा पनि कसैसँग भएको छैन,’ उनले भने ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : ३३ बजे

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने