हामी सरकारमा जाने प्रचार सबै भ्रम हो : प्रचण्ड   « Khabarhub

हामी सरकारमा जाने प्रचार सबै भ्रम हो : प्रचण्ड  


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन ठूला दलहरू मिलेर राष्ट्रिय सरकार गठनको तयारी भइरहेको भन्दै चर्चा चलिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने नीति पार्टीले नलिएको प्रष्टिकरण दिएका छन् । 

राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको विमोचन समारोह सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले सरकारमा जाने कुनै नीति माओवादीले नलिएको प्रष्टिकरण दिएका हुन् । 

‘हिजो–अस्तीदेखि हामीलाई सरकार बनाउन लाग्यो भन्ने । ल अब कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भन्ने चर्चा सोसल मिडियामा, मान्छेले फोन गरेर सोध्ने भएर मलाई साथीहरूले भन्नुभएको छ,’ प्रचण्डले भने, ‘म आज यो मञ्चबाट भन्छु कि हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ । लिँदैनौँ पनि ।’

उनले देशमा संकट आउँदा समाधानका बारेमा माओवादी केन्द्रले विचार दिए पनि वर्तमान सरकारमा सहभागी हुने कुरो भ्रममात्र भएको जिकिर गरे ।

‘देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्नेमा हामी हाम्रो विचार त दिन्छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, यही सरकारमा गएर हामी पनि कोप्ट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सञ्चार माध्यमहरूमा आएको जस्तो आफूले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कसैसँग पनि कुराकानी नगरेको स्पष्ट पारे । ‘कुरा पनि कसैसँग भएको छैन,’ उनले भने ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै