महेश र सृष्टि स्टारर फिल्म ‘११ः५५’ले पायो ‘एडल्ड सर्टिफिकेट’ « Khabarhub

महेश र सृष्टि स्टारर फिल्म ‘११ः५५’ले पायो ‘एडल्ड सर्टिफिकेट’


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक महेश त्रिपाठी र नायिका सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘११ः५५’ चैत ८ बाट प्रदर्शनमा आउँदैछ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले यस फिल्मको प्रदर्शनमा अनुमति दिइसकेको छ । तर, यो फिल्म सबै उमेर समूहका व्यक्तिले भने हेर्न नपाउने भएका छन् ।

सेन्सर बोर्डले ‘ए’ प्रमाण पत्र प्रदान गरेका कारण सबै उमेर समूहका दर्शकले फिल्म हेर्न नपाउने भएका हुन् । ‘ए’ को अर्थ ‘एडल्ट’ हुन्छ । अर्थात् यो १६ वर्षभन्दा माथि व्यक्ति मात्रै यो फिल्मको दर्शक बन्न पाउनेछन् ।

फिल्ममा हिंसात्मक दृश्य रहेका कारण सेन्सर बोर्डले उक्त प्रमाणपत्र दिएको हो । फिल्म निर्माण पक्षले हिंसात्मक दृश्य हटाउन भन्दा एडल्ड सर्टिफिकेट लिन तयार भएको पाइएको छ ।

एडल्ट प्रमाणपत्र लिँदा १६ वर्षभन्दा कम उमेरका दर्शक कटौती हुन्छन् । जसको असर बक्स अफिस कलेक्सनमा देखिन्छ । यो असर सहन निर्माण पक्ष तयार भएको पाइन्छ ।

यो फिल्म दुई घण्टा १७ मिनेट लामो बनेको छ ।

महेश र सृष्टिसहित यस फिल्ममा नायिका करिश्मा श्रेष्ठ र डेब्यू नायक सागर खनाल प्रमुख भूमिकामा छन् ।

यही फिल्मबाट केशव पाण्डेले निर्देशनमा डेब्यू गर्दैछन् । निर्देशक पाण्डे, एमएस अग्रज र शेखर ज्ञवाली मिलेर यो फिल्म लेखेका हुन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता श्याम शर्मा र सरोजा शर्माको हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : १५ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल