सत्तामा जाने भर्‍याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले   | Khabarhub Khabarhub

सत्तामा जाने भर्‍याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले  

राजतन्त्र फर्काउने प्रयास सफल नहुने प्रस्ताव पारित


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेलेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल नहुने प्रस्ताव पारित गरेको हो ।

 यस्तै प्रतिक्रियावादी शक्तिहरूले बेमौसमको बाजा बजाएर सत्तामा जाने भर्‍याङ बनाउन खोजेको तर, यसको अर्थ नरहने एमालेको दाबी छ । 

राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति एमालेको ध्यानाकर्षण भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए । 

ज्ञवालीका अनुसार बैठकमा मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने भन्दै नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षबाट ल्याएको यो व्यवस्थालाई आँच आउने कुनै गतिविधिमाथि सरकार र एमालेले खेद प्रकट गर्ने बताए । 

‘जनताको यो फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ एमालेले पारित गरेको विशेष प्रस्ताव पढ्दै ज्ञवालीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो ।’

उनले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणतिलाई उल्टाउने काममा कसैले पनि हात नहाल्न आग्रह गरे ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : ५३ बजे

जेन-जी आन्दोलनको फोहोर काठमाडौं महानगरले सफा गर्दै 

काठमाडौं– जेन-जी आन्दोलनकोक्रममा निस्किएको फोहोरहरू काठमाडौं महानगरपालिकाले सफा गरेको छ । 

ओलीबाट पीडित भीम रावलको घर पनि बाँकी राखेनन् आन्दोलनकारीले

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलानका क्रममा मंगलबार साँझ नेकपा एमालेका

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

गण्डकी– कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग

आगोबाट जोगिएका सर्वोच्च अदालतका मिसिल सारिँदै

काठमाडौं– जेन जीको आन्दोलनले मंगलबार सर्वोच्च अदालतमा लगाएका थिए । आगोका

पूर्वप्रधानमन्त्री शेरबहादुरमाथि भएको आक्रमणको देउवा सेवा समाजद्वारा भर्त्सना

धनगढी– देउवा सेवा समाजले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर