सत्तामा जाने भर्‍याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले   « Khabarhub

सत्तामा जाने भर्‍याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले  

राजतन्त्र फर्काउने प्रयास सफल नहुने प्रस्ताव पारित


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेलेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल नहुने प्रस्ताव पारित गरेको हो ।

 यस्तै प्रतिक्रियावादी शक्तिहरूले बेमौसमको बाजा बजाएर सत्तामा जाने भर्‍याङ बनाउन खोजेको तर, यसको अर्थ नरहने एमालेको दाबी छ । 

राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति एमालेको ध्यानाकर्षण भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए । 

ज्ञवालीका अनुसार बैठकमा मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने भन्दै नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षबाट ल्याएको यो व्यवस्थालाई आँच आउने कुनै गतिविधिमाथि सरकार र एमालेले खेद प्रकट गर्ने बताए । 

‘जनताको यो फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ एमालेले पारित गरेको विशेष प्रस्ताव पढ्दै ज्ञवालीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो ।’

उनले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणतिलाई उल्टाउने काममा कसैले पनि हात नहाल्न आग्रह गरे ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : ५३ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप