नेपाल आइपुग्यो पक्षाघातको महँगो र दुर्लभ औषधी  « Khabarhub

नेपाल आइपुग्यो पक्षाघातको महँगो र दुर्लभ औषधी 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी आएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पक्षाघातका बिरामीका लागि महँगो र दुर्लभ औषधी नेपाल आइपुगेको जानकारी दिए । डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलिग्राम औषधी नेपाल पठाएको हो । 

मन्त्रालयले मापदण्ड बनाएर औषधी वितरण गर्ने जानकारी दिँदै पहिलो चरणमा वीर अस्पताललगायतका सरकारी र दोस्रो प्राथमिकतामा निजी अस्पतालमा वितरण गरिने उनले बताए । 

उनले एक हप्ताभित्रमा औषधी वितरण गरिने जानकारी दिँदै पक्षाघातका बिरामी मन्त्रालयमा डेलिकेसन आएकाले मन्त्रालयले अमेरिकी संस्थासँग माग गरेको बताए ।  

औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने उनको भनाइ छ । उनले नेपालमा सहजै उपलब्ध हुनसमेत गाह्रो हुने सो औषधीको एक मात्राको मूल्य नेपालमा झन्डै एक लाख ६० हजार पर्ने बताए । 

सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन दुई महिनाअघि गत ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबिच सम्झौता भएको थियो । सोही अनुसार अहिले औषधी आएको मन्त्रालयले बताएको छ । 

नेपालका न्युरो फिजिसियनसहितका विज्ञले दिएको सुझाव अनुसार औषधी आएको भन्दै उपचारमा संलग्न चिकित्सक र उपचार विवरण अनुसार एक वर्षमा करिब आठ सय भायल भए पुग्ने देखिएकोले वर्ष दिनलाई पुग्ने गरी पहिलो पटक औषधी आएको हो ।

डा.बुढाथोकीले पाँच वर्षसम्म निःशुल्क औषधी उपलब्ध हुने जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : १३ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक