चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय « Khabarhub

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ । 

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौँलाई उतार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो । 

राजसंस्थाका विषयमा गरिएको कु-प्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्रपक्षधरहरुले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।  

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे । 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ३९ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप