‘ग्लोबल मनी वीक- २०२५’ आजदेखि सुरू | Khabarhub Khabarhub

‘ग्लोबल मनी वीक- २०२५’ आजदेखि सुरू


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थिंक विफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक-२०२५’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो । 

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्‍यो । 

उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब ६०० जना विद्यार्थीको सहभागिता थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे । 

सो अवसरमा उनले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्नुपर्ने धारणा राखेका थिए । 

‘बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन्, बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन्, आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ’, उनले भने । पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती समेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गरेका छन् । 

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो । 

सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिष्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए । उक्त अवसरमा उनीहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । 

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक हिमप्रसाद न्यौपानेले प्यानल छलफलको सहजीकरण गर्नुभयो भने गभर्नरको कार्यालयका कायममुकायम कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले समापन मन्तव्य राखेका थिए । सो अवसरमा सहभागी विद्यार्थीहरुबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरी जवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो । 

चैत १० गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ । 

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । 

साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । 

यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । 

यसैगरी, विद्यार्थीलाई वित्तीय सेवा प्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट विद्यार्थीहरूमा वित्तीय साक्षरताको प्रवर्द्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । 

अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । 

राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब छ करोड बालबालिका, किशोर किशोरी र युवाहरू लाभान्वित भएको ओइसीडीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ४६ बजे

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक

किसानलाई उन्नत जातका राँगा वितरण 

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा

पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई

माथिल्लो ठूलोखोला ‘ए’ आयोजना धमाधम निर्माण  

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला  ‘ए’ जलविद्युत् आयोजनाको

शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन

काठमाडौं – शल्यक्रिया पछि सञ्जु सामसनले राजस्थान रोयल्सको टोलीसँग प्रशिक्षण