गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता, प्रदेशको प्राथमिकतामा सहकार्य गर्न प्रस्ताव | Khabarhub Khabarhub

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता, प्रदेशको प्राथमिकतामा सहकार्य गर्न प्रस्ताव


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए ।

युएनडिपीले दिगो विकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायु परिवर्तनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’

यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती बिस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठुलो उपलब्धि हासिल गर्न सक्ने बताए ।

भेटका क्रममा युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताउँदै भने ‘गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ ।’ पिएलजिएसपी कार्यक्रम अन्तर्गत कार्यान्वयन भएका कार्यक्रमहरूको प्रभावकारीताका बारेमा पनि उनले चासो राखेका थिए ।

युएनडिपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) संचालनमा छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता विकास, सशक्तीकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्री पाण्डेले बताए । 

‘संघीयता कार्यन्वयनपछि प्रदेश संरचना हाम्रो लागि नयाँ हो, कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैङ्गिक सामाजिक समावेशिकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ’ मुख्यमन्त्री पाण्डेले भने ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र बिस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’

नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको टुरिजम, खेल टुरिजम, धार्मिक टुरिजमको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनले बताए ।

भेटमा युएनडिपीको सहकार्यमा सञ्चालन भइरहेको पीएलजीएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो । 
 
गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षिय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए । भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : २४ बजे

प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं- नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको

राजनीतिक सन्तुलन मिलाउन सीपालु थापाको काँधमा नेपाल प्रहरीको कमान्ड

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले

‘कर्मा’ कलाकारका दाबी : नयाँ स्वादको फिल्म

काठमाडौं – सौभर चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’ आगामी नयाँ