शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन « Khabarhub

शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न महानगरभित्रका विद्यालयहरूलाई सचेत गराएको छ । 

महानगरको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार सूचना जारी गर्दै विद्यालयहरूलाई शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सचेत गराएका हुन् । 

शिक्षा विभागले महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० विपरित शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ । 

महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० मा कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न–गराउन नहुने व्यवस्था छ । 

‘कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो यस कार्यालयमा आएको हुँदा शैक्षिक सत्र सुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ३५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल