पूर्वराजाको मन्त्रणासँगै सुवेदीले छाडे राप्रपा « Khabarhub

पूर्वराजाको मन्त्रणासँगै सुवेदीले छाडे राप्रपा

पार्टी छाडेर बनाएको समितिमा राजेन्द्र लिङदेन र कमल थापाको नाम !


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा केन्द्रीय अनुशासन कमिटीका अध्यक्ष नवराज सुवेदीले पार्टी परित्याग गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सुवेदीले राप्रपा परित्याग गरेर स्वतन्त्र बनेको घोषणा गरेका हुन् ।

आफूलाई पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनको नेतृत्व गर्न भनेकाले पार्टी छाडेर स्वतन्त्र बनेको सुवेदीले बताएका छन् ।

पार्टी परित्यागसँगै सुवेदीले आफ्नै नेतृत्वमा अभियन्ता दुर्गा प्रसाईलाई समेत समेटेर ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ समेत घोषणा गरेका छन् ।

डिल्लीबजारस्थित भोजन गृहमा आयोजित भेलाले सुवेदीको नेतृत्वमा गठित समितिमा दुर्गा प्रसाई, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, अस्मिता भण्डारी, पशुपतिसमशेर जबरा, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, राजेन्द्र लिङदेन र कमल थापालाई समेत सदस्यका रुपमा राखिएको छ ।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टले उक्त समितिमा नबस्ने जनाएका छन् ।

त्यसो त पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई पनि समितिमा राखिएको छ । तर, उनले पनि राजतन्त्र फर्काउने समितिमा नबस्ने बताएका छन् ।

हामीलाई थाहै नदिई बनाइएको समितिमा बस्ने कुरै भएन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले खबरहबसँग भने, ‘नवराजजी आफैंले पार्टी परित्याग गरेर स्वतन्त्र अभियान चलाउँछु भन्नुभएको छ, त्यस्तो स्वतन्त्र अभियानमा पार्टीको प्रतिनिधि रहने कुरै भएन ।’

तर, राजसंस्था पुनःस्थापना गर्ने आन्दोलन जोसुकैले चलाए पनि त्यसमा राप्रपाको सकमर्थन रहने लिङदेनले बताए । उनले भने,‘राजसंस्था पुनःस्थापनाका लागि यस्ता स्वतन्त्र अभियानहरु धेरै चल्नुपर्छ । साथीहरुले गरेको यो प्रयासले आन्दोलनलाई राम्रै हुन्छ भन्ने लाग्छ, त्यसैले उहाँहरुको अभियानलाई राप्रपाको समर्थन छ । तर, त्यसमा पार्टी अध्यक्षले सदस्यका रुपमा रहने कुरै भएन ।’

उता राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि सुवेदीले चलाउने अभियानलाई समर्थन रहने बताए । उनले भने, ‘उहाँहरुको अभियानमा हाम्रो समर्थन रहन्छ तर अध्यक्षलाई जानकारी नै नदिई नाम राखिएको हुनाले समितिमा बस्ने कुरा भएन।’

भोजन गृहमा भेला गर्नुपूर्व ८६ वर्षीय सुवेदी आइतबार राप्रपाको केन्द्रीय बैठकमा सहभागी भएका थिए । उनले ज्ञानेन्द्रबाट आफूलाई निगाह बक्स भएकाले भोजन गृहमा सोमबार भेला गर्न लागेको भन्दै राजेन्द्र लिङदेनलाई निम्तो दिएका थिए । तर, लिङदेनले आफू नआउने, पार्टी प्रतिनिधि पठाउने बताएका थिए ।

भोजन गृहको भेलामा राप्रपाले उपाध्यक्ष हेमजंग गुरुङ र लुम्बिनी प्रदेशका नेता प्रदीप उदयलाई पठाएको थियो । तर, सो भेलामा सुवेदीले उल्टै पार्टी परित्यागको घोषणा गरेपछि राप्रपा नेताहरु फर्किएका थिए ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले राप्रपा छाडेका नवराज सुवेदीलाई ‘नयाँ तुल्सी गिरी’को संज्ञा दिएका छन् । शाहीले आन्दोलनको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने बताएका छन् ।

यो पनि–

ज्ञानेन्द्र र नवराजको सम्बन्ध बिगार्ने ओमेगा घडीकाण्ड !

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ०३ बजे

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर