‘कर्मा’ कलाकारका दाबी : नयाँ स्वादको फिल्म « Khabarhub

‘कर्मा’ कलाकारका दाबी : नयाँ स्वादको फिल्म


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौभर चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’ आगामी नयाँ वर्षलक्षित गरी अर्थात् चैत २९ बाट प्रदर्शनमा आउँदैछ ।

यो फिल्ममा नायक विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । यही फिल्ममा नायक मुकुन भुसाल पनि पहिलो पटक खलपात्रको भूमिकामा देखिँदैछन् ।

विपिन र मुकुनको यो पहिलो सहकार्य हो । यी दुईलाई दर्शकले एकै साथ पहिलो पटक देख्न पाउने भएका छन् । यी दुईको सहकार्य कस्तो रहला ? यो आम दर्शकका लागि कौतुहलताको विषय बन्न सक्छ । किन भने यी दुवै चरित्र निर्माणमा दख्खल राख्ने कलाकार हुन् ।

दर्शकलाई नयाँ स्वाद दिनकै लागि एक्सन जनारा छनोट गरेको निर्देशक चौधरी बताउँछन् ।

उनले नायकका रुपमा स्थापित मुकुनलाई खलापात्रको भूमिकामा उतार्नुले पनि केही नयाँपन रहेको संकेत गर्छ ।

यता ‘कर्मा’का कलाकारका दाबी छ, ‘यस्तो खालको कथा र कथ्य शैली नेपाली फिल्मा प्रयोग भएको पाइँदैन ।’

मुकन पनि ‘कर्मा’लाई दर्शकले नयाँ स्वादको फिल्मका रुपमा स्वीकार गर्नेमा ढुक्क छन् । भन्छन्, ‘यो अहिले आइरहेका फिल्मभन्दा यो किन फरक भने- निर्देशकले कथा भन्ने शैलीमा नयाँ अभ्यास गर्नुभएको छ ।’

त्यस्तै, विपिनले यस फिल्मबाट निर्वाह गरेको चरित्रबाट पनि दर्शकको मन जित्ने मुकुनको विश्वास छ।

उनी थप्छन्, ‘निर्देशकले उहाँलाई जसरी विश्वास गरेर एक्सन फिल्ममा लिनुभयो, उहाँको मिहिनेत पनि त्यही किसिमको रहेको मैले पाएको छु ।’

यसअघि सहकार्य गरिसकेका कलाकार दिव्य देव पनि यस फिल्मबाट विपिनले चरित्र निर्माणबाट दर्शकको मन जित्ने बताउँछन् ।

भन्छन्, ‘उहाँले हरेक फिल्ममा आफूलाई प्रमाणित गर्नुभएको छ । यो दर्शकले स्वीकार गरेको कुरा हो । यस फिल्मबाट पनि उहाँले आफूलाई प्रमाणित गर्ने देखिन्छ ।’

यस फिल्ममा विपिन, मुकुन, दिव्यदेवसहित नायिका उपासना सिंह ठकुरी र कलाकार सरिता गिरी मुख्य भूमिकामा छन् ।

ड्रामा, सस्पेन्स र एक्सन जनरामा बनेको यस फिल्मको लेखक निर्देशक चौधरी आफैँ हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : १२ बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका