प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए « Khabarhub

प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई फेरि रैती बनाउने कोसिस भइरहेको बताएका छ्न्।

त्यो कोसिसमा कुनै हालतमा प्रतिगामीहरूलाई सफल हुन नदिने पनि पूर्वप्रधानमन्त्री दाहालले बताएका छन् ।

राजेन्द्र श्रेष्ठद्धारा लिखित पुस्तकको सोमबार काठमाडौंमा विमोचन गर्दै प्रचण्डले राजसंस्थामाथि गम्भीर आरोप पनि लगाएका छन् । अहिले संविधानविरोधी हर्कत भइरहेको भन्दै राजावादीहरूको आन्दोलनको विरोधमा उत्रिनुपर्ने पनि बताए ।

‘प्रतिगमनको कोसिस हुन्छ । संविधानले एउटा कुरा अपरिवर्तनीय भनेको छ । राजनीतिक प्रणाली र मान्यता परिवर्तन गर्न सकिन्छ । तर, राष्ट्रिय स्वाधीनता, अखण्डता परिवर्तन हुँदैन । नेपाली जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन सक्दैन, उनले भने, ‘तथाकथित राजावादीहरुले जे गरेका छन्, त्यो संविधानविरोधी काम हो । जनतालाई एक पटक रैती बनाउने कोसिस हुँदैछ, तर त्यसलाई सफल हुने दिइने छैन ।’

उनले बलिदान गर्ने वर्गको अब जिम्मेवारी आएको पनि बताए । ‘अब यो व्यवस्था ल्याउन बलिदान गरेकाहरू र वर्गले सचेत हुने बेला आयो’, उनले भने, ‘फेरि राजसंस्था फर्काउने कुरा कालरात्रि फर्काउनेजस्तै भएकोले त्यतातिर कसैले पनि सोच्न हुँदैन ।’

दाहालले शाह वंशीय राजाहरूको शासनकाल विभिन्न काण्ड पनि सम्झाए । ‘हिजो के भएको थियो ? कोतपर्व के थियो ? भण्डारखाल क–कसको झगडाले कसरी भएको हो ? त्यहाँ सयौँ भारदारहरूको कत्लेआम कसरी गरिएको थियो ?’, उनले प्रश्न गरे, ‘नेपालको नक्शालाई संकुचित बनाउने काम दरबारिया राजाहरूले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ?’

उनले शाहवंशीय राजाहरू विदेशमा गएर ‘वेश्यालय’मा धाएको संगीन आरोप पनि लगाएका छन् । ‘हिजोका राजा र महाराजाहरू अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ?’, उनले भने, ‘अस्ति भर्खरै त्यहीँ कलकत्तामा जवहारलाल नेहरुले त तिमीहरूको राजा (त्रिभुवन)ले त बेइज्जत नै गर्‍यो, छिटो फर्काऊ भन्नपर्ने त्यो स्तरको हर्कत कसले गरेको थियो ?’

उनले पञ्चायती शासनका समयमा भएको नमिता-सुमिता हत्याकाण् पनि स्मरण गराए । ‘नमिता-सुनिता हत्याकाण्ड के थियो ? दरबारहत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरूलाई बुझाउन पर्यो । जनआन्दोलन र राजनीतिक परिवर्तनपछिका युवाहरूलाई यो कुरा थाहा छैन, हामीले बुझाउनुपर्‍यो ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १० : १४ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप