आज २०८२ साल वैशाख ४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख ४ गते बिहीबारको राशिफल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ४ गते बिहीबार। वैशाख कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। इमान्दारिताको प्रशंसा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवार भित्र व्यवहार गर्दा सोच्नु पर्ने दिन छ।

वृष : दिन राम्रो छ। आम्दानीको बाटो खुला छ। खर्च गर्दा सचेत हुनुपर्नेछ। मनमा खुशी बढ्नेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दिन तपाईंका लागि सामान्य छ। आफ्नो क्षमता नबुझ्दा समस्या झेल्नुपर्ने हुनसक्छ। खानपानमा ध्यान दिनुपर्नेछ। रोगको जोखिम बढ्नसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : आजको दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मान्यजनको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : संघर्ष गर्नुपर्ने दिन छ। नयाँ साथीसँगको संगतले दिन रमाइलोसँग बित्नेछ। आफूले गर्न खोजेको काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक क्षेत्रमा मन जानेछ। विदेशको आकर्षणले मन चञ्चल बन्नेछ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्रमा परिश्रम गर्नुपर्नेछ कामको थालनी गर्नु भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। आफन्तले सहयोग गर्ने दिन छ।

वृश्चिक : तपाईंको बोलीमा आज सरस्वतीको बास रहेकाले बोल्दा ख्याल गर्नुपर्ने छ। आजको दिन अरुको सेवामा भुल्नुभन्दा आफ्नो ख्याल गर्नुपर्ने समय आएको छ। खानपान र व्यायाममा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

धनु : रोजगारीको क्षेत्रमा ठुलो संघर्ष गर्नुपर्ने दिन छ। मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले खुशी दिनेछ। समाजमा नाम, दाम र इनाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

मकर : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। दिनको सदुपयोग गर्नुपर्ने देखिन्छ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारले अप्ठेरो परिस्थितिमा सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। जुनसुकै काम गर्दा पनि शान्त बनेर अगाडि बढ्नुपर्नेछ। साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु उचित हुन्छ। मिहिनेत गरेको ठाउँबाट श्रमको मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मान्यजनले नै अपमान गर्ने जोखिम हुनसक्छ। आज ठुलो लगानी नगर्नु राम्रो हुन्छ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : ०६ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन