भुल बस एल साल्भाडोर पुगेका गार्सिया फिर्ता नहुने अमेरिकी अधिकारीको ठहर « Khabarhub

भुल बस एल साल्भाडोर पुगेका गार्सिया फिर्ता नहुने अमेरिकी अधिकारीको ठहर


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अधिकारीले भुल बस एल साल्भाडोर लगिएका मेरिल्यान्डका बासिन्दा अब फिर्ता नहुने बताएका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले एल साल्भाडोरका किलमार अलम्रेगो गार्सिया एम एस-१३ ग्याङको सदस्य समेत रहेको आरोप लगाएकी छिन्।

२९ वर्षीय उनीमाथि घरेलु हिंसाको आरोप लाग्नुका साथै श्रीमतीलाई चक्कु देखाएको कारण मुद्दा दायरसमेत भएको जनाइएको छ।

मेरिल्यान्डका न्यायाधीशले गार्सियालाई अमेरिका फिर्ता बोलाउने आदेश दिए पनि ह्वाइट हाउस भ्रमणमै रहेका एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले उनलाई फिर्ता गर्ने अधिकार आफूलाई नभएको बताएका थिए।

लेभिटले केही गरी गार्सिया अमेरिका आए पनि तत्कालै डिपोर्ट गरिने बताएकी छिन्। यसैगरी गृह प्रशासनले सन् २०२१ मा उनकी श्रीमतीले दर्ता गरेको उजुरी बाहिर ल्याएको छ।

उनकी श्रीमती जेनिफर भास्क्यु सुअराले भने उनीहरूको पारिवारिक विषयमा मिलापत्र भइसकेको बताएकी छिन्। १५ मार्चमा डिपोर्ट हुनेअघि गार्सिया मेरिल्यान्डमा बसोबास गरी रहेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ४३ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६