काठमाडौंको इखा पुखु (पोखरी) लाई लिच्छवीकालीन स्वरूपमै बनाउँछौँ : मेयर बालेन « Khabarhub

काठमाडौंको इखा पुखु (पोखरी) लाई लिच्छवीकालीन स्वरूपमै बनाउँछौँ : मेयर बालेन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, १७ र २५ को बीच भागमा अवस्थित इखा पुखु (पोखरी)लाई लिच्छवीकालीन अवस्थाकै स्वरुपमा ल्याउने कार्य सुरु गरेको छ । इखा पुखु एक ऐतिहासिक पोखरी हो ।

महानगरका प्रमुख बालेन शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरी निर्माणको काम सुरु गरिएको जनाएका छन् । उनले ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको उल्लेख गर्दै ६ रोपनी क्षेत्र भने पानीका लागि छुट्याइएको बताएका छन् ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ, जहाँ मानिसहरू हिँड्न, विचार गर्न र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन् ।

पोखरी निर्माणसँगै आकाशे पानी सङ्कलन प्रणाली पनि बनाइने मेयर शाहले जनाएका छन् । पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापना गर्नेछ । यो प्रयास जलचक्र, वातावरण, र सम्पदासँग पुनः सम्बन्ध जोड्ने साझा सङ्कल्प रहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिति, कोहिति र अन्य ढुंगेधाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन् ।

विज्ञहरूका अनुसार, पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।

कुनै समय क्षेत्रपाटी नै शहरको उत्तरी सिमाना थियो र त्यसभन्दा पर बस्ती थिएन । त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए ।

पोखरीको नजिकै इखानारायण मन्दिर स्थापना गरिएको थियो ।  त्यसबेला जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा पोखरीलाई लिने गरिन्थ्यो ।

मेयर बालेनका अनुसार अहिलेसम्म पोखरीमा थुप्रिएको फोहोर, झार, र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ । सुरुमा २ फिट उत्खनन गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनिएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ५६ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै