क्याम्ब्रिजका वैज्ञानिकहरु भन्छन्– पृथ्वीबाट ७ हजार खर्ब माइल टाढाको ग्रहमा जीवन हुनसक्छ « Khabarhub

क्याम्ब्रिजका वैज्ञानिकहरु भन्छन्– पृथ्वीबाट ७ हजार खर्ब माइल टाढाको ग्रहमा जीवन हुनसक्छ


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिकहरुले ब्रम्हाण्डमा जीवन रहेको हुनसक्ने नयाँ ग्रह पत्ता लगाएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले अर्कै ताराको परिक्रमा गर्ने ग्रहमा जीवन रहेको हुनसक्ने प्रयोगात्मक प्रमाण फेला पारेका हुन् ।

नासाको जेम्स वेब टेलिस्कोपले के२–१८बी नामक ग्रहको वायुमण्डलमा पृथ्वीमा सामान्य जीवले मात्रै उत्पादन गर्नसक्ने रसायनको नमूना फेला पारेका छन् । यद्यपि उक्त ग्रहमा जीवन रहेको यकिन गर्न भने अझै केही समय लाग्ने बीबीसीले जनाएको छ ।

यस ग्रह पृथ्वीभन्दा अढाई गुणा ठूलो छ भने पृथ्वीबाट ७ हजार खर्ब माइल टाढा छ । यसले सानो र रातो ताराको परिक्रमा गर्छ ।

यस ग्रहको वायुमण्डलमा डाइमेथाइल सल्फाइड र डाइमेथाइल डाइसल्फाइडमध्ये एउटा रयासन रहेको क्याम्ब्रिजका वैज्ञानिकको निष्कर्ष छ । पृथ्वीमा यी ग्यासहरु समुद्रमा पाइने फाइटोप्लान्कटोन र ब्याक्टेरियाले मात्रै उत्पादन गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : ५६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको