एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने  « Khabarhub

एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षपछि जलविद्युत कम्पनीको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । २०८१ सालमा कुनै पनि जलविद्युत कम्पनीको आईपीओ निष्कासन नभएकोमा २०८१ को वैशाखमा सान्भि इनर्जी लिमिटेडले शुक्रबारबाट आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ४७.०७ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका–१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि आईपीओ खुल्ने छ ।

आयोजना प्रभावितका लागि शुक्रबार देखि जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता शेयर सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ । 

सर्वसाधारणलाई जारी गर्ने शेयर मध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० प्रतिशत अर्थात् २ लाख ९१ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर शुक्रबार (वैशाख ४ गते) देखि वैशाख १५ गतेसम्म आवेदन दिन सकिने छ । 

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि बिक्री खुल्ला गर्ने भएको छ । 

हाल कम्पनीको जारी पुँजी ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बिक्री प्रबन्धक र धितो पत्र निष्कासन नेपाल एसबीआई मर्चेण्ड बैंकले गर्ने छ । 

कम्पनीले इलामको जोगमाई खोला साना जलविद्युत आयोजना ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेगावाट जडित क्षमताका दुवै आयोजनाहरू निर्माणाधीन हरको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २९ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली