तमोर करिडोरको लेलेपमा बेलिब्रिज निर्माण  « Khabarhub

तमोर करिडोरको लेलेपमा बेलिब्रिज निर्माण 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ पालिकामा पर्ने पर्यटकीय स्थलहरू लेलेप र ओलाङचुङ गोला जोड्न तमोर नदीमा बेलिब्रिज  निर्माण गरिने भएको छ । लेलेप र ओलाङचुङ गोलाको बीच भएर बग्ने तमोर नदीमा बेलिब ज लगाउन पूर्वाधार तयारी भइरहेको छ । उक्त बेलिब्रिजलेओलाङचुङ गोला हुँदै चिनको सिमा जोड्ने छ । बेलिब्रिज

सुनसरीको बराहक्षेत्रदेखि धनकुटा, पाँचथर र तेह्रथुमको सिमा हुँदै ताप्लेजुङको जुङ्गीन, दोबाटेदेखि ओलाङचुङ गोला, तिब्बत चिनको सिमा टिप्ता–ला पाससम्म पुग्ने तमोर करिडोर अन्तर्गत पर्ने सुकेपानीमा बेलिब्रिज लगाउन तयारी भएको फक्ताङलुङ–६ लेलेपका वडाध्यक्ष पेमा टासी शेर्पाले बताए ।

उनले खबरहबसंग भने, ‘तमोर करिडोर चिन–नेपाल सीमामा पर्ने टिप्ता–ला पाससम्मको सडक विस्तार गर्दा याङ्मा र तमोर नदीका धेरै ठाउँमा बेलीब्रिज लगाउनु पर्ने अवस्था छ तर यो पाली लेलेपको सुकेपानीमा बेलिब्रिज लगाउने बजेट प्राप्त भएकाले काम सुरु भएको छ । सरकारले तमोर करिडोरमा पर्ने ओलाङचुङ गोलाको टिप्ता–ला पाससम्मका खोला–नदीहरुमा सडक र पुल निर्माण गरिदिएमा ताप्लेजुङको पर्यटनमा ठूलो टेवा पुग्ने निश्चित छ ।’ 

उनले ताप्लेजुङको फक्ताङलुङ पालिका भित्र नै कुम्भकर्ण, कञ्चनजङ्घा जस्ता विश्व प्रसिद्ध हिमाल, कञ्चनजङ्घा संरक्षण क्षेत्र, याक्थुङ लिम्बूहरूको मुन्धुमी स्थलहरू, प्राकृतिक मनोरम दृष्य सहितका विभिन्न उचाइँका पहाडहरू रहेकाले पर्यटकका लागि अझै पनि भर्जिन अवस्था रहेको तर भौतिक पूर्वाधार विस्तार नभएकाले पछि परेको पनि बताए ।

  वडाध्यक्ष शेर्पाका अनुसार तमोर करिडोर आसापासका फक्ताङलुङ पालिकामा पर्ने लेलेप, तापेथोक, इखावु, सङसङबु देखि ओलाङचुङ गोलासम्ममा धेरै स्थानहरू प्राचीनकालका याक्थुङ मुन्धुमी स्थलहरू पर्छन् । 

उनले भने, ‘काइलुङधुङ, मुरिङ्ला खारिङ्ला, युमा वधाम, तुम्दुम्सो लालासो, चेचिङ फुक्कु, सशी फुक्कु, तागेरा निङ्वाफुमा फुक्कु, केघिङ्देन, काम्फीलाङ, विप्पुधाप, पित्थोसा वरक, नेन्तुरी पासाङ, थोक्पुन तेम्बे, यक्चेयक जस्ता मुन्धुमी स्थल पर्छन् । यी स्थलको अवलोकन गर्न आउने आन्तरिक र वाह्य पर्यटकहरुका लागि सुकेपानीको तमोरमा बेलिब्रिजले सहजता ल्याउने आशा गरिएको छ ।’ यसअघि त्यहा चिन–तिव्वतले सहयोग गरेको होम पाइप राखिएको थियो । तर बर्षायाममा उक्त होम पाइप भएर वारिपारी गर्न सहज थिएन ।

    उनले तमोरका माथिल्ला भागमा पानी थोरै बग्ने गरेकाले दुखसुख तर्न सकिने भएपनि सुकेपानीमा भने तर्न नसकिने भएकाले पहिलो प्राथमिकताको आधारमा पुल थाप्न लागिएको हो । उनले भने, ‘चिन तिब्बतबाट आयात गरिने सामान ढुवानी गर्न पुलले थप सहज बनाउने छ । 

फक्ताङलुङस्थित लेलेपको सुकेपानीमा थाप्न लागिएको बेलिब्रिज ताप्लेजुङको पाथिभरा याङवरक र पाँचथरको हिलिहाङ पालिकाको बीचमा पर्ने काभेली नदीमा थापिएको बेलिब्रिज हो । काभेलीमा करिव सय मिटरको बेलिब्रिज २०५४ सालमा मेची राजमार्ग सम्पन्न भएसँगै थापिएको थियो । उक्त पुलको आधा भाग (४९.५० मिटर) फुकालेर सुकेपानीमा लैजाने तयारी भइरहेको सडक डिभिजनका प्राविधिक मनोज चौधरीले बताए । 

उनले भने, ‘काभेलीको बेलिब्रिजको बाँकी आधा छँदैछ । सुकेपानीमा थाप्न चाहिने करिव ५० मिटरको पुलका सामाग्री हामीले एकसाता अघि नै फुकालिसकेर ढुवानीको पर्खाइमा छौं । उता पुल राख्ने कङ्क्रिटको ढलान तयार भइसकेपछि लैजान्छौ ।’ 

कावेलीको बेलिब्रिजको सामान फुकाल्न करिव दुईसाता लगाएका थिए । सुकेपानीमा जडान गर्न पनि त्यति नै समय लाग्ने प्राविधिक चौधरीले बताए । सुकेपानीमा बेलिब्रिज थाप्नकालागि उदयपुरको शक्तिकुण्ड प्रालिले करसहित १ करोड ७० लाख रुपैया लागतमा कङ्क्रिटको ढलान तयार गरिरहेको छ ।  


    

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : १३ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक