प्रचण्डको टिप्पणी- राजावादीको हावा चैत १५ मै खुस्कियो, ओली सरकार बिचौलियाले चलाए « Khabarhub

प्रचण्डको टिप्पणी- राजावादीको हावा चैत १५ मै खुस्कियो, ओली सरकार बिचौलियाले चलाए


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भैरहवा- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको आरोप लगाएका छन् ।

बिहीबार प्रेस सेन्टर रूपन्देहीले भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकारको क्रियाकलाप र नियुक्ति हेर्दा बिचौलियाको स्वार्थअनुसार चलेको पुष्टि भएको बताए ।

उनले आफूलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै कांग्रेस र एमालेभित्रै सरकारप्रति असन्तुष्टि देखिएको जिकिर गरे ।

प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको समेत बताए । उनले कसैको अधिकार कटौती गर्न नभइ संविधानलाई पूर्ण बनाउन संशोधन गर्नुपर्ने उल्लेख गरे ।

प्रचण्डले राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्किएको टिप्पणी गर्दै फेरि राजावादीको ज्वरो नआउने जिकिर पनि गरेका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २८ बजे

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन