बूढानीलकण्ठ बैठकपछि कांग्रेसले भन्यो- प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने हुँदैन « Khabarhub

बूढानीलकण्ठ बैठकपछि कांग्रेसले भन्यो- प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने हुँदैन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नेबितिक्कै सरकार नढल्ने जनाएको छ।

केही दिअअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बूढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ दिएको हो ।

‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।

प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताएका थिए।

बैठकपछि प्रवक्ता महतले सरकारको काम अझै राम्रो गर्नुपर्ने बताए । ‘गठबन्धन दलबीच अझै समन्वय र सन्तुलन हुनुपर्छ’, उनले भने, ‘अझै सशक्त रुपमा सरकारलाई लानुपर्छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : ३४ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे