धार्मिकस्थल सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण « Khabarhub

धार्मिकस्थल सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– धार्मिक पर्यटकलाई आकर्षित गर्न सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित प्रसिद्ध धार्मिकस्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण सुरु गरिएको हो । 

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटमा खाल्टाबाट सत्यवती मन्दिरसम्म रेलिङसहितको दुई सय मिटर पक्की पदर्माग निर्माण थालिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायण रिजालले जानकारी दिए । 

अघिल्लो वर्ष पनि रु १० लाख लागतमा करिब दुई सय मिटर पदमार्ग निर्माण गरिसकेको बताउँदै उहाँले मन्दिरसम्म पुग्ने पदमार्ग निर्माणमा पछिल्लो दुई वर्षमा रु २० लाख लगानी भएको जानकारी दिए । उनका अनुसार पर्यटन तथा उद्योग कार्यालय बागलुङले पदमार्ग निर्माण गरिरहेको हो ।

रेलिङसहितको पक्की पदमार्ग निर्माण बढी खर्चिलो हुने रिजालको भनाइ छ । यसवर्ष पदमार्ग निर्माणका लागि गत फागुन ११ गते उपभोक्ता समितिमार्फत सम्झौता गरी काम अगाडि बढेको भन्दै हालसम्म ५० प्रतिशत बढी प्रगति भएको उनले जानकारी दिए । उनका अनुसार उक्त आयोजना यही महिनाभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ ।

चिच्याएर वर माग्ने यस मन्दिरमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । दश वर्ष पहिलेसम्म जीर्ण र अव्यवस्थित मन्दिरलाई बरेङ गाउँपालिकाले व्यवस्थित बनाएको छ । धार्मिक महत्त्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आइएको पाइन्छ ।

यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । गाउँपालिकाले मन्दिरको पुनःनिर्माण, पार्किङस्थल निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल, फनपार्कलगायत पूर्वाधार निर्माण गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। उनका अनुसार यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणमा हालसम्म रु एक करोड बढी लगानी भइसकेको छ ।

मन्दिरसम्म आउने सडक बाह्रैमहिना सञ्चालन हुनेगरी व्यवस्थित बनाइएको अध्यक्ष शर्माले बताए। उनले भने, ‘यो मन्दिरमा हरेक धान्य पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ ।

प्रत्येक महिना हजारौँ दर्शनार्थी मन्दिरमा आउने हुँदा सडक, खानेपानी, मन्दिर निर्माण गर्ने र अन्य पूर्वाधारलाई व्यवस्थित बनाइरहेका छौँ । पहिले मन्दिर भएको ठाउँ निकै साँघुरो हुँदा भक्तजनलाई पूजाआजा गर्न समस्या थियो, अहिले त्यसलाई फराकिलो बनाएका छौँ ।’
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : ३६ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल