फिल्म ‘लाज शरणम्’ले मनायो ५१ औँ दिन « Khabarhub

फिल्म ‘लाज शरणम्’ले मनायो ५१ औँ दिन


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’को डेब्यू निर्देशन रहेको फिल्म ‘लाज शरणण्म्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ ।

यस फिल्मले बिहीबार देशभरका १३ वटा हलमा ५१औँ दिन मनाएको हो । निर्माता नवीन श्रेष्ठका अनुसार फिल्मले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सीडिसी सनेमामा यो फिल्म प्रदर्शनरत छ ।

मोफसलमा झापाको विर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डीम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा पनि यो फिल्म प्रदर्शनरत छ ।

यो फिल्मले ५१औँ दिन मनाए पनि व्यापार भने कमजोर रहेको छ । कमजोर अकुपेन्सी हुँदा पनि यो फिल्मले ५१औँ दिन मनाएको हो ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे ९पाँडे०, सागर लम्साल (बले), हरिश निरौला ९कक्रोज०, रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरिएको यो पहिलो फिचर फिल्म हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  २ : ४८ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान