डेढ दशकपछि गीत ‘अच्छा लेकिन लण्डनको’ रिमेक, राजेश र नीतिको नृत्य « Khabarhub

डेढ दशकपछि गीत ‘अच्छा लेकिन लण्डनको’ रिमेक, राजेश र नीतिको नृत्य


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २४ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दैव संयोग’मा एउटा गीत थियो ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ । यो कालजयी गीत आजको दिनमा पनि धेरै संगीतप्रेमीको मुखमा झुण्डिएको पाइन्छ ।

२४ वर्षपछि यो गीतको रिमेक भएको छ । महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’का लागि यो गीतको रिमेक गरिएको हो ।

यस गीतको ओर्जिनल भर्सनमा संगीतकार शम्भुजित बाूकोटाको र गायिका देविका बन्दनाको स्वर रहेको थियो । रिमेका शुम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । दुवै भर्सनमा शम्भुजितकै शब्द र संगीत छ ।

‘नरसिंहा ः अभतार’ निर्माण पक्षले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्का नेम महर्जनको लगानी छ ।

भिडियो लिंक :

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ३५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल