डेढ दशकपछि गीत ‘अच्छा लेकिन लण्डनको’ रिमेक, राजेश र नीतिको नृत्य « Khabarhub

डेढ दशकपछि गीत ‘अच्छा लेकिन लण्डनको’ रिमेक, राजेश र नीतिको नृत्य


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २४ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दैव संयोग’मा एउटा गीत थियो ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ । यो कालजयी गीत आजको दिनमा पनि धेरै संगीतप्रेमीको मुखमा झुण्डिएको पाइन्छ ।

२४ वर्षपछि यो गीतको रिमेक भएको छ । महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’का लागि यो गीतको रिमेक गरिएको हो ।

यस गीतको ओर्जिनल भर्सनमा संगीतकार शम्भुजित बाूकोटाको र गायिका देविका बन्दनाको स्वर रहेको थियो । रिमेका शुम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । दुवै भर्सनमा शम्भुजितकै शब्द र संगीत छ ।

‘नरसिंहा ः अभतार’ निर्माण पक्षले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्का नेम महर्जनको लगानी छ ।

भिडियो लिंक :

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ३५ बजे

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि