रास्वपा केन्द्रीय समिति बैठक, रविको जेल यात्रा र सुमनाको राजीनामासहित चार एजेन्डामा छलफल | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक, रविको जेल यात्रा र सुमनाको राजीनामासहित चार एजेन्डामा छलफल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ । दिउँसो ३ बजेदेखि बसेको बैठकमा विभिन्न चार एजेन्डामाथि छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुने झाले बताए ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्दैछ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएपछि यो यात्रा अन्योलमा परेको छ ।

रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रमअन्तर्गत चितवनको नारायणघाटमा सभा गरे पनि निरन्तरता दिन सकेको छैन ।

बैठकमा पार्टीको पहिलो महाधिवेशन कार्यविवरणबारे पनि छलफल भइरहेको झाले जानकारी दिए । अर्कातिर सह-महामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएपछि उत्पन्न तरंग पनि बैठकको विषय हुनेछ । सुमनाले सभापति लामिछानेसहितको नेतृत्वप्रति तीव्र रोष प्रकट गर्दै राजीनामा पत्र गत चैत १७ गते नै बुझाइसकेकी छन् ।

यसअघि रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर पार्टी सभापति लामिछाने कारागारमा रहेकाले उक्त समयमा महाधिवेशन हुने नहुने बारेमा बैठकले ठोस निर्णय गर्ने बुझिएको छ ।

यो बैठकमा यसअघि वैशाखमा गर्ने गरी तय गरिएको पहिलो महाधिवेशनको भविष्य, सहकारी प्रकरणमा जेलमा रहेका सभापति रवि लामिछानेको प्रकरण, अलपत्र परेको जनयात्राबारे तयारी र सह-ममन्त्री सुमना श्रेष्ठले दिएको राजीनामाबारे पनि छलफल हुँदैछ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ५३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग