राप्रपाले राजा माग्दै काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने « Khabarhub

राप्रपाले राजा माग्दै काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाको मुद्दा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौं उपत्यकास्थित सुरक्षाका हिसाबले संवेदनशील मानिएका स्थानमा प्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ७ गते काठमाडौंमा सुरक्षाका दृष्टिले संवेशील मानिएका स्थानहरूमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सरकारले सुरक्षाका दृष्टिले संवेदनशील सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संसद् भवनसहितलाई निषेधित क्षेत्रका रुपमा तोकेको छ । यीसहितका क्षेत्रमा प्रदर्शनको योजना राप्रपाले ल्याएको हो ।

‘आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लौजाने निर्णय गरेको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘त्यसक्रममा पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी राप्रपाको बैठकले चैत ९ गते ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शनहरू आयोजना गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष लिङदेनले उपत्यकामा वडा तहसम्म सबै नेताहरू पुग्ने र संगठनलाई अझै मजबुत बनाउने र आन्दोलनकेन्द्रित बनाउने निर्णय गरेको पनि बताए ।

राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतको रिहाइका लागि कानुनी र राजनीतिक लडाइँलाई सशक्त रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।

‘हाम्रा पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरू निर्दोष छन्,’ लिङ्देनले भने, ‘आस्थाका बन्दीलाई तत्काल रिहाइका लागि सरकारसँग माग गर्ने निर्णय भएको छ । रिहाइका लागि कानुनी र राजनीतिक लडाइँलाई सशक्त बनाउँदै लैजाने निर्णय बैठकले गरेको छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।