नेप्से परिसूचक २६ अंकले बढ्यो, कारोबार कति ?  « Khabarhub

नेप्से परिसूचक २६ अंकले बढ्यो, कारोबार कति ? 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अंकले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । 

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ ।

अघिल्लो दिन सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो । आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन् ।

आजको कारोबारमा नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : १३ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार