राजेन्द्र महतोको आरोप- सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गर्‍यो « Khabarhub

राजेन्द्र महतोको आरोप- सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गर्‍यो


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गरिरहेको आरोप लगाएका छन् । 

वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)को आह्वानमा जारी विभिन्न अभियानी संघ–संस्थाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सरकारमाथि आरोप लगाएका हुन् । 

‘सरकार अभिभावक हुनुपर्छ तर उल्टो शोषण गरिरहेको छ । नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय–समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन भएका छैनन्,’ बिहीबार शान्तिबाटिकामा आयोजित कार्यक्रममा महतोले भने, ‘आलटाल गर्दै पीडितलाई झनै पीडित बनाउने गतिविधिले सरकारप्रतिको भरोसा दिन–प्रतिदिन कम हुँदै गएको छ ।’ 

सरकारले गरेका वाचाहरू पूरा नगर्ने प्रवृत्तिले नै सरकार र शासन व्यवस्थाप्रति नागरिकको विश्वास कम हुँदै गएको उनको भनाइ थियो ।

‘पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब अलपत्र विश्वासको भरमा होइन, एकीकृत ढंगले अगाडि बढ्ने छ,’ अध्यक्ष महतोले भने ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ४३ बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक