विकासले गति लिन सकेको छैन : महासचिव पोखरेल « Khabarhub

विकासले गति लिन सकेको छैन : महासचिव पोखरेल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताएका छन ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झिन आग्रह गर्दै  राजतन्त्रको समाज अँध्यारो समाज भएको बताए ।

देश लोकतन्त्र आएपछि विकासको पथमा अघि बढिरहेको बताउँदै उनले तर जति आवश्यकता हो त्यस अनुसार विकासको गति अघि बढ्न नसकेको उनको  धारणा छ । ‘राजनीतिक स्थिरताको अभावमा जति काम हुनु पर्ने हो त्यति हुन सकेको छैन’, उनले भने ।

देश बनाउने हो भने अब राजनीतिक स्थायित्वको दिशामा जान जरुरी रहेकोमा जोड दिदैँ उनले त्यसका लागि नेपालमा बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पारेका छन । 

देश विकासको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक पार्टी र राजनीतिक स्थिरता चाहिने पोखरेलले बताए । जो देशको लागि काम गर्न सक्षम त उसै माथि आक्रमणको प्रयास भइरहेको उनको गुनासो छ । 

सक्षम नेतृत्वलाई खुइल्याउने काम भएको बताउँदै पोखरेलले आफ्नो सबै सम्पत्ति आफ्नो शेष पछि राष्ट्रको नाममा हस्तान्तरण गर्ने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाउने काम भएको भन्दै उनले निन्दासमेत गरेका छन ।

अब देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै उनले एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए । यसको लागि पार्टीलाई गोलबन्द बनाएर लैजानु पर्ने जनाउँदै विगतको कामको समीक्षा गरी भविष्यको दिशा निर्देश गर्नुपर्ने पोखरेलले बताए ।

देश विकासको लागि राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।  ‘सामाजिक अराजकताको चरित्रलाई बदल्न सकिएन भने राष्ट्र निर्माणको हाम्रो आकाङ्क्षा पुरा हुन सक्दैन’, उनले भने ।

देशलाई पछाडि धकेल्न चाहनेलाई रोकेर देश निर्माणको अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उनले बताए । यसमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका भएको पोखरेलको धारणा रहेको छ । पार्टी र देश विरुद्धको षड्यन्त्रलाई परास्त गर्नुपर्नेमा पोखरेलको जोड छ ।
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ०८ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत