रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता « Khabarhub

रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन मिति सरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशनको नयाँ मिति तोकेको हो ।

सकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने जेल गएसँगै रास्वपाको महाधिवेशन वैशाखबाट आगामी फागुनसम्मलाई सारिएको हो ।

रास्वपा कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकले नयाँ महाधिवेश मिति तोक्दै २०८२ असोजसम्म वडा अधिवेशन गरिसक्ने निर्णय लिएको छ ।

त्यसैगरि कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने नयाँ तालिकाले रास्वपाले तय गरेको छ ।

त्यसपछि आगामी फागुन ७ ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिले सर्वसम्मतरुपमा गरेको हो ।

यसअघि पहिलो महाधिवेशन यही वैशाख तेस्रो साता गर्ने निर्णय राष्ट्रिय भेलाले गरेको थियो । तर तयारी नपुगेको भन्दै रास्वपाले महाधिवेशन मिति सारेको हो ।

सहकारी ठगी आरोप लागेपछि साढे ५ महिनासम्म रवि पार्टी कामबाट बाहिर थिए । तर उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दियो ।

चैत १७ गते पार्टी काममा फर्किएका रविलाई उच्च अदालतले जेल पठाउने आदेश दिएसँगै रास्वपाको महाधिवेशन यही वैशाखमा नहुने पक्का भएको थियो । रविको मुद्दामा सर्वोच्च अदालतले आदेश दिन बाँकी छ ।

यदि सर्वोच्चको आदेशमा रवि छुटेमा फागुनमा हुने महाधिवेशनबाट पनि उनै सभापतिमा दोहोरिने करिब निश्चित छ । तर यदि सर्वोच्चले उच्चको आदेश सदर गरिदिएमा रविको जेल बसाइ लम्बिन सक्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : २९ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए