रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता | Khabarhub Khabarhub

रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन मिति सरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशनको नयाँ मिति तोकेको हो ।

सकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने जेल गएसँगै रास्वपाको महाधिवेशन वैशाखबाट आगामी फागुनसम्मलाई सारिएको हो ।

रास्वपा कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकले नयाँ महाधिवेश मिति तोक्दै २०८२ असोजसम्म वडा अधिवेशन गरिसक्ने निर्णय लिएको छ ।

त्यसैगरि कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने नयाँ तालिकाले रास्वपाले तय गरेको छ ।

त्यसपछि आगामी फागुन ७ ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिले सर्वसम्मतरुपमा गरेको हो ।

यसअघि पहिलो महाधिवेशन यही वैशाख तेस्रो साता गर्ने निर्णय राष्ट्रिय भेलाले गरेको थियो । तर तयारी नपुगेको भन्दै रास्वपाले महाधिवेशन मिति सारेको हो ।

सहकारी ठगी आरोप लागेपछि साढे ५ महिनासम्म रवि पार्टी कामबाट बाहिर थिए । तर उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दियो ।

चैत १७ गते पार्टी काममा फर्किएका रविलाई उच्च अदालतले जेल पठाउने आदेश दिएसँगै रास्वपाको महाधिवेशन यही वैशाखमा नहुने पक्का भएको थियो । रविको मुद्दामा सर्वोच्च अदालतले आदेश दिन बाँकी छ ।

यदि सर्वोच्चको आदेशमा रवि छुटेमा फागुनमा हुने महाधिवेशनबाट पनि उनै सभापतिमा दोहोरिने करिब निश्चित छ । तर यदि सर्वोच्चले उच्चको आदेश सदर गरिदिएमा रविको जेल बसाइ लम्बिन सक्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : २९ बजे

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण