चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ « Khabarhub

चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ परेको पाइएको छ । ह्युमन राइट्स वाचका अनुसार सन् २०२१ यता चीनले मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै आधारमा चीनमा दर्जनौँ तिब्बती पक्राउ परेका छन् ।

यद्यपि चीनले यस्तो आरोपमा कति जना तिब्बतीलाई पक्राउ गरेको छ भन्ने यकिन तथ्यांक भने सार्वजनिक नभइसकेको उक्त संस्थालाई उद्धृत गर्दै भारतीय समचार संस्था एएनआईले जनाएको छ । निर्वासनमा रहेका तिब्बती पत्रकार, विभिन्न सञ्चार माध्यममा छापिएका समाचारलाई आधार बनाएर यस्तो प्रतिवेदन सार्वजनिक गरेको ह्युमन राइट्स वाचले जनाएको छ ।

फोनमा ‘प्रतिबन्धित सामग्री’ राखेको, विदेशीसँग सम्पर्क गरेको वा राजनीतिक रुपमा संवेदनशील गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको उक्त संस्थाले जनाएको छ । यस्तो आरोपमा पक्राउ पर्नेहरुलाई कठोर सजाय दिने गरिएको छ ।

सन् २०२१ मा नेपालमा रहेका भिक्षुसँग सम्पर्कको प्रयास गरेको आरोपमा दक्षिण पश्चिमी तिब्बतको एउटा गुम्बाका ४ जना भिक्षु पक्राउ परेका थिए । उनीहरुलाई २० वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ०० बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक