प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर « Khabarhub

प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २००० को दशकको व्यस्त बलिउड नायिका प्रिति जिन्टा अहिले अभिनयबाट टाढा छिन् । यद्यपि उनी मिडिया र सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आइरहन्छिन् ।

उनी फिल्म नखेले पनि चर्चामा आइरहने नायिका हुन् । उनको अभिनय रहेको फिल्म ‘भैयाजी सुपरहिट’ सन् २०१८ मा प्रदर्शनमा आएको थियो ।

अहिले फेरि प्रिति जिन्टा पुन: ठूलो पर्दामा देखिन लागेको चर्चा चल्न लागेको छ । यो चर्चा उनकै कारण फैलिएको हो ।

प्रितिले इन्स्टाग्राममा ‘आक्स मी एनिथिङ’ अर्थात् ‘मलाई जे सोध‘ नामक प्रश्नोत्तर गरेकी थिइन् । जसमा एक फ्याले सोधेका थिए, ‘तपाईंको कुन फिल्मको सिक्वेल बन्नुपर्छ जस्तो लाग्छ ?’

प्रितिले जवाफमा भनेकी थिइन्, ‘सायद संघर्ष’ । ‘संघर्ष’ फिल्म सन् १९९९ मा प्रदर्शनमा आएको थियो । यो त्यसबेलाको हिट फिल्म हो । फिल्मको मूख्य भूमिकामा अक्षय कुमार र प्रिति थिए ।

त्यसबेलाको हिट फिल्म भएकाले प्रिति र अक्षयका फ्यानहरु ‘संघर्ष’को सिक्वेल बनाउनु पर्ने मत राख्दै आएका थिए । प्रितिको यो प्रश्नोत्तरपछि फ्यानहरु थप आशावादी छन् ।

‘संघर्ष’ नै प्रिति र अक्षयको अन्तिम सहकार्य हो । ‘संघर्ष-२’ बने २६ वर्षपछि प्रिति र अक्षयसँग सहकार्य हुने सम्भावना बढी छ । प्रितिले ‘संघर्ष’को सिक्वेलको आशा राख्नुले पनि उनी पुन: अक्षयसँग सहकार्य गर्न इच्छुक छन् भन्ने बुझ्न सकिन्छ ।

नभए उनले अरु नायकसँगको हिट फिल्मको सिक्वेल बन्नुपर्ने पनि भन्न सक्थिन् !

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ६ : ५८ बजे

आईपीएल : गुजरातको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९

कतारले भन्यो : हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका