रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति « Khabarhub

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

टर्की – लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका रुस र युक्रेनको वार्ता सकारात्मक भएको छ। साढे दुई घण्टा चलेको वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन्। सन् २०२२ को मार्चपछि शुक्रबार रुस र युक्रेनका अधिकारी एक आपसमा प्रत्यक्ष वार्तामा बसेर सकारात्मक समाचार सुनाएका हुन्।

टर्कीको मध्यस्थतामा भएको वार्ता साढे दुई घण्टा भन्दा बढी समय चलेको थियो। वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो। युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको थियो।

JPG converted with https://ezgif.com/webp-to-jpg

युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको बताए। युक्रेनका रक्षा मन्त्री रुस्ताम उमेरोभले तत्काल अर्को वार्ता हुने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचमा निकट भविष्यमा हुने वार्ताले धेरै कुरा तय गर्ने बताए।

रुसी वार्ता टोलीको नेतृत्व गरेका पुटिनका एआइडिईले वार्ता सकारात्मक भएको तथा अर्को चरणको वार्ताका लागि प्रयास हुन सक्ने बताएका छन्।

धेरैले रुसले वार्ताको नाटक गरेर युक्रेनका धेरै समर्थकलाई झुक्याउने काम मात्र गरेको हुन सक्ने जनाएको छ। अहिले युरोपेली १८ औँ चरणको प्रतिबन्धको तयारीमा छन्। वार्ता भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँगको वार्तामा मात्र सबै कुराको टुङ्गो लगाउन सक्ने बताएका छन्।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : ४४ बजे

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय